चेतावनीपछि एयर इन्डियाको विमान जयपुरमा आकस्मिक अवतरण

चेतावनीपछि एयर इन्डियाको विमान जयपुरमा आकस्मिक अवतरण

फ्र्यांकफर्टबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको विमान चेतावनी प्राप्त भएपछि भारतको जयपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमान अपहरणको आशंकासम्बन्धी सूचना प्राप्त भएपछि सुरक्षा निकाय परिचालन गरिएको थियो। विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको जनाइएको छ।

घटनाबारे सम्बन्धित सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ। चेतावनीको वास्तविकता र सम्भावित जोखिमबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।