प्रधानमन्त्रीको भारत भ्रमणको मिति र एजेन्डा अझै तय भएन

प्रधानमन्त्रीको भारत भ्रमणको मिति र एजेन्डा अझै तय भएन

प्रधानमन्त्री भारत भ्रमणको तयारी अघि बढिरहेको भए पनि भ्रमणको मिति र एजेन्डा भने तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री क्षेत्रीले भ्रमणको तयारी भइरहेको जानकारी दिनुभएको हो। नेपाल र भारत दुवै पक्षको अनुकूलता हेरेर भ्रमणको मिति तय गरिने उहाँले बताउनुभयो।

मिति निश्चित भएपछि मात्रै भ्रमणका एजेन्डाबारे टुंगो लाग्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

औपचारिक रूपमा भ्रमणको मिति घोषणा नभए पनि आवश्यक तयारी भने अघि बढिरहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।