पेरिस, फ्रान्स। अन्तर्राष्ट्रिय कलाकार समाज फ्रान्स र गैरआवासीय नेपाली संघ (NRNA) फ्रान्सको संयुक्त आयोजनामा ‘दशैँ तिहार धमाका २०२६’ आयोजना हुने भएको छ। आगामी नोभेम्बर १, आइतबारका दिन फ्रान्सको पेरिसस्थित बोबिनीमा कार्यक्रम आयोजना हुन लागेको हो।
कार्यक्रममा नेपालका चर्चित गायक, नायक तथा बहुप्रतिभाशाली कलाकार प्रकाश सपुतको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। नेपाली गीत–संगीत, कला र संस्कृतिको प्रवर्द्धन गर्दै प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा फ्रान्समा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, विद्यार्थी, पत्रकार तथा कला र संगीतप्रेमीहरूलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रममा प्रकाश सपुतको सांगीतिक प्रस्तुतिपछि डिजे कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ। दिउँसो ३ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुने कार्यक्रममा खानपिनको व्यवस्था पनि रहनेछ।
कार्यक्रमको विवरण
- कार्यक्रम: दशैँ तिहार धमाका २०२६
- मिति: नोभेम्बर १, २०२६ (आइतबार)
- समय: दिउँसो ३ बजेदेखि राति १ बजेसम्म
- स्थान: 23 Rue de Stalingrad, 93000 Bobigny, France
- टिकट शुल्क: २० युरो (खानपिनसहित)
- मुख्य आकर्षण: प्रकाश सपुतको विशेष सांगीतिक प्रस्तुति तथा डिजे कार्यक्रम
गैरआवासीय नेपाली संघ (NRNA) फ्रान्सका अध्यक्ष दिलिप गुरुङले फ्रान्सवासी सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन्।

