रोमानियामा बडादसैँ तथा दीपावली कप–२०२६ सम्पन्न, नेपाल युनाइटेड क्लब च्याम्पियन

रोमानियामा बडादसैँ तथा दीपावली कप–२०२६ सम्पन्न, नेपाल युनाइटेड क्लब च्याम्पियन

रोमानिया। नेपाल किरात समावेशी सेवा समाज, रोमानिया र नेपाल युनाइटेड क्लब, रोमानियाको संयुक्त आयोजनामा बडादसैँ तथा शुभ दीपावली–२०८३ को अवसरमा आयोजित खुला नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

अक्टोबर २४ र २५ मा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आयोजक टिम ‘ए’ नेपाल युनाइटेड क्लब, रोमानियाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। प्रतियोगितामा जोशुवा क्लब, रोमानिया द्वितीय हुँदै उपविजेता बनेको छ।

नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न टिमका खेलाडीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी टिम, खेलाडी, आयोजक समिति, प्रायोजक, सहयोगी, सञ्चारकर्मी तथा उपस्थित खेलप्रेमीहरूप्रति आयोजकले आभार व्यक्त गरेका छन्।

त्यसैगरी, विजेता नेपाल युनाइटेड क्लब र उपविजेता जोशुवा क्लबलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना व्यक्त गरिएको छ।

आयोजक:
नेपाल किरात समावेशी सेवा समाज, रोमानिया
नेपाल युनाइटेड क्लब, रोमानिया