शेर्पा किदुक जर्मनीको अध्यक्षमा टाशी याङ्जी शेर्पा सर्वसम्मत निर्वाचित

शेर्पा किदुक जर्मनीको अध्यक्षमा टाशी याङ्जी शेर्पा सर्वसम्मत निर्वाचित

जर्मनी। शेर्पा किदुक जर्मनीको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा टाशी याङ्जी शेर्पा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।

उहाँको नेतृत्वमा निर्वाचित सम्पूर्ण नयाँ कार्यसमितिलाई शेर्पा किदुक डेनमार्कले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

शेर्पा समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै समुदायबीच एकता, आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउन नयाँ कार्यसमितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष टाशी याङ्जी शेर्पासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा समुदायको हित र सामाजिक एकताका लागि उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।