काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुनावनी खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ।
सुनारको नाम महिला हिंसासम्बन्धी उजुरी तथा नैतिक आचरणको प्रश्न उठेपछि अस्वीकृत गरिएको बताइएको छ। खरेलको नाम भने आर्थिक अनियमितता र म्यानपावर व्यवसायीसँगको लेनदेनसम्बन्धी आरोपका कारण अस्वीकृत भएको हो।
राजदूत नियुक्तिका लागि सिफारिस गरिएका नाम संसदीय सुनुवाइ समितिबाटै अस्वीकृत भएको यो पहिलो घटना भएको बताइएको छ।
