गृहमन्त्री सुदन गुरुङले आतंकवाद तथा संगठित अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य र सुरक्षित सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
भारतमा मंगलबार आयोजित बिमस्टेक (BIMSTEC) को पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सदस्य राष्ट्रहरूबीच भएका प्रतिबद्धता समयमै कार्यान्वयन गर्नुपर्ने बताए।
गुरुङले क्षेत्रीय सुरक्षा क्षमता सुदृढ बनाउन संयुक्त कार्यदल तथा सहकार्यका संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। प्राकृतिक विपत्तिका बेला नेपाललाई सहयोग गरेकोमा भारतलगायत बिमस्टेक सदस्य राष्ट्रहरूलाई उनले धन्यवादसमेत दिएका थिए।
गृहमन्त्री गुरुङ बैठकमा सहभागी हुन केही दिनअघि भारत पुगेका थिए।