काठमाडौं । प्रधानमन्त्री शाह आगामी नोभेम्बर २३ देखि २५ सम्म भारत भ्रमणमा जाने तयारी भइरहेको छ। भ्रमणको औपचारिक मिति भने घोषणा हुन बाँकी छ।
भ्रमणका क्रममा रेल तथा यातायात सम्पर्क विस्तार, ऊर्जा व्यापार, पूर्वाधार विकास र बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भारतीय सहयोगबारे छलफल हुने सम्भावना छ। रक्सौल–काठमाडौं रेलमार्ग र सीमा पूर्वाधारका विषय पनि प्राथमिकतामा पर्न सक्ने बताइएको छ।