लन्डन। बेलायतले ब्रेक्जिटपछि युरोपेली संघ (ईयू) सँगको सम्बन्ध सुधार गर्ने प्रयासस्वरूप ३० वर्षमुनिका बेलायती युवालाई युरोपका विभिन्न देशमा काम गर्ने अवसर उपलब्ध गराउने विषयमा वार्ता अघि बढाएको छ।
प्रस्तावित ‘युथ एक्सपिरियन्स स्किम’ (Youth Experience Scheme) अन्तर्गत बेलायती युवाले ईयू सदस्य राष्ट्रहरूमा काम गर्न पाउने व्यवस्था गर्ने विषयमा छलफल भइरहेको छ। बेलायती सञ्चारमाध्यम द आई पेपरका अनुसार, बेलायतले ३० वर्षमुनिका नागरिकलाई ईयूमा काम गर्न सहज हुने सम्झौता स्वीकार गर्न सक्नेछ।
यस पहललाई ब्रेक्जिटपछि बेलायत र ईयूबीचको सम्बन्ध पुनः सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ। प्रस्ताव कार्यान्वयन भएमा युवा बेलायती नागरिकलाई युरोपमा रोजगारी तथा कामको अनुभव हासिल गर्न थप अवसर मिल्न सक्छ। यद्यपि, यो प्रस्तावले सबै ईयू देशमा स्वतः र कुनै प्रतिबन्धबिना काम गर्न पाउने अधिकार सुनिश्चित गर्छ भन्ने कुरा अन्तिम सम्झौताबाट पुष्टि हुन बाँकी छ । स्रोत:- ।https://www.independent.co.uk/news/uk/home-news/eu-youth-mobility-scheme-britain-brexit-burnham-uk-b3068482.html