लिस्बन, पोर्चुगल। नेपाली भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले पोर्चुगलमा नेपाल संवत् ११४७ को अवसरमा भव्य उत्सव आयोजना हुने भएको छ।
पोर्चुगल नेवा खलःको आयोजनामा आगामी नोभेम्बर ९, २०२६ (सोमबार) लिस्बनस्थित लिस्बन कन्भेन्सनल हलमा कार्यक्रम आयोजना हुन लागेको हो। कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ।
नेपाल संवत् नेपाली मौलिकता, सांस्कृतिक परम्परा र ऐतिहासिक पहिचानसँग जोडिएको संवत् हो। यस अवसरमा आयोजना हुने उत्सवले पोर्चुगलमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक एकता र परम्पराको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकले पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, विद्यार्थी तथा संस्कृतिप्रेमी महानुभावहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। सबैको सहभागितामार्फत नेपाली मौलिक कला, संस्कृति र परम्परालाई जीवन्त राख्ने लक्ष्य आयोजकले लिएको छ।
कार्यक्रम विवरण
- कार्यक्रम: नेपाल संवत् ११४७ को भव्य उत्सव
- मिति: नोभेम्बर ९, २०२६ (सोमबार)
- समय: दिउँसो ३ बजे
- स्थान: Lisbon Conventional Hall, Rua Bela Vista à Graça n.º 130, 1170-054, Lisboa, Portugal
- आयोजक: पोर्चुगल नेवा खलः
- प्रवेश: निःशुल्क
थप जानकारी तथा नाम दर्ताका लागि आयोजकले निम्न सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पर्क व्यक्तिहरू:
- गंगा बहादुर नेम्कुल — 920247017
- पिन्टेन्द्र कापाली — 920036503
- पवन बाबु डंगोल — 923181262
- गणेश श्रेष्ठ — 920353567
- अनिल तुलाधर — 920140638
- सुजन श्रेष्ठ — 920550744
- राजेश जोशी — 920405472

