माल्टा। नेपाली समाज माल्टा (Nepalese Society Malta) ले आयोजना गरेको बडादसैँ सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम सफल बनाउन उपस्थित भई साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण नेपाली समुदायप्रति समाजले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
नेपाली समाज माल्टाले जारी गरेको धन्यवाद सन्देशमा माल्टामा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, व्यवसायी, विभिन्न जातीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधि र निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागी भएका सम्पूर्ण महानुभावहरूप्रति कृतज्ञता व्यक्त गरिएको छ।
त्यसैगरी, कार्यक्रमलाई सफल, सभ्य र भव्य बनाउन आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरू, स्वयंसेवक, कलाकार र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैलाई विशेष धन्यवाद दिइएको छ।
विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र आपसी भाइचारालाई संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउने अभियानमा सबैको साथ, सहयोग र एकता आवश्यक रहेको समाजले जनाएको छ।
समाजले समुदायबीचको सद्भाव र सहकार्यले नेपाली समाजलाई अझ बलियो र सशक्त बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गरेको छ।
‘निस्वार्थ सेवा’ भन्ने मूल भावनासहित अघि बढिरहेको नेपाली समाज माल्टाले कार्यक्रम सफल बनाउन योगदान दिने सम्पूर्णप्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ।

