जितेन्द्र विक्रम शाही नेपाली कांग्रेसको युरोप क्षेत्रीय केन्द्रीय सदस्यमा निर्वाचित

जितेन्द्र विक्रम शाही नेपाली कांग्रेसको युरोप क्षेत्रीय केन्द्रीय सदस्यमा निर्वाचित

ओस्लो, नर्वे। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जितेन्द्र विक्रम शाही युरोप क्षेत्रीय केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको १४औँ र १५औँ महाधिवेशनका महासमिति सदस्यसमेत रहेका शाही जनसम्पर्क समिति, नर्वेका निवर्तमान सभापति तथा पाँचौँ कार्यसमितिका प्रमुख सल्लाहकार हुन्।

शाहीको निर्वाचित भएसँगै उनलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। उनको दीर्घ राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको प्रतिबद्धताले पार्टीको संगठनात्मक सुदृढीकरण, विस्तार तथा संस्थागत विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

त्यसैगरी, प्रवासमा रहेका नेपालीहरूको हकहितको संरक्षण, नेपाली समुदायबीच आपसी एकता र सद्भाव अभिवृद्धि तथा पार्टीका लोकतान्त्रिक आदर्श र सिद्धान्तको प्रवर्द्धनमा उनको भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको छ।

शाहीको कार्यकाल सफल, उपलब्धिमूलक र स्मरणीय रहोस् तथा पार्टी, संगठन र समग्र नेपाली समुदायको हितमा उल्लेखनीय योगदान पुग्ने विश्वाससहित उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।