नेपाली कांग्रेसको महाधिवेशनमा विदेश क्षेत्रबाट ७ जना निर्वाचित, जितेन्द्र विक्रम शाही युरोपबाट विजयी

नेपाली कांग्रेसको महाधिवेशनमा विदेश क्षेत्रबाट ७ जना निर्वाचित, जितेन्द्र विक्रम शाही युरोपबाट विजयी

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत विदेशस्थित नेपाली जनसम्पर्क समितितर्फबाट विभिन्न क्षेत्र र समूहमा सात जना निर्वाचित भएका छन्। सार्वजनिक मतपरिणामअनुसार महिलातर्फ दुई जना र विभिन्न क्षेत्रबाट पाँच जना निर्वाचित भएका हुन्।

निर्वाचन परिणामअनुसार महिलातर्फ सिता सापकोटा घिमिरेले ३ हजार ११३ मत र चन्द्रा अधिकारी (चन्दा) ले २ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका छन्।

त्यसैगरी, युरोप क्षेत्रबाट जितेन्द्र विक्रम शाही १ हजार ४१२ मतसहित निर्वाचित भएका छन्। भारत क्षेत्रबाट बालकृष्ण पाण्डेले ३ हजार ८२७ मत, ओसियाना अमेरिका क्षेत्रबाट सि.ए. विद्याभूषण कार्कीले १ हजार ९३४ मत, मध्यपूर्व क्षेत्रबाट परशुराम खनालले २ हजार ७४ मत तथा प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठले १ हजार ९२० मत प्राप्त गर्दै विजयी भएका छन्।

निर्वाचित उम्मेदवारहरूको नामावली

१. महिलातर्फ

  • सिता सापकोटा घिमिरे — ३,११३ मत
  • चन्द्रा अधिकारी (चन्दा) — २,८९६ मत

२. युरोप क्षेत्र

  • जितेन्द्र विक्रम शाही — १,४१२ मत

३. भारत क्षेत्र

  • बालकृष्ण पाण्डे — ३,८२७ मत

४. ओसियाना अमेरिका क्षेत्र

  • सि.ए. विद्याभूषण कार्की — १,९३४ मत

५. मध्यपूर्व क्षेत्र

  • परशुराम खनाल — २,०७४ मत

६. प्यासिफिक क्षेत्र

  • डा. बलराम श्रेष्ठ — १,९२० मत