ओस्लोमा कृत्रिम बुद्धिमत्तासम्बन्धी निःशुल्क तालिम आयोजना हुँदै

ओस्लोमा कृत्रिम बुद्धिमत्तासम्बन्धी निःशुल्क तालिम आयोजना हुँदै

ओस्लो, नर्वे। कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र मानवीय बुद्धिमत्तासँग यसको सम्बन्धबारे जानकारी दिने उद्देश्यले नर्वेको ओस्लोमा निःशुल्क तालिम आयोजना हुने भएको छ।

Islamabad Rawalpindi Welfare Society, Internasjonal Helse og Sosial Gruppe र Mangfold Nepal Norge को संयुक्त आयोजनामा आगामी नोभेम्बर २० र २१ तारिखमा तालिम सञ्चालन हुन लागेको हो।

आयोजकका अनुसार तालिम नोभेम्बर २० शुक्रबार साँझ ४:३० देखि ८:३० बजेसम्म र नोभेम्बर २१ शनिबार साँझ ४:३० देखि ७:४५ बजेसम्म सञ्चालन हुनेछ।

तालिम Deichmanske Holmlia, Holmlia Senter vei 16, 1255 Oslo मा आयोजना गरिनेछ।

तालिममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। खानाको व्यवस्थापन गर्नुपर्ने भएकाले सहभागी हुन इच्छुक व्यक्तिहरूलाई irws@live.no मा इमेल पठाएर अग्रिम नाम दर्ता गराउन आयोजकले अनुरोध गरेका छन्।

एआईको प्रयोगबारे जानकारी हासिल गर्न इच्छुक व्यक्तिहरूका लागि यो तालिम उपयोगी हुने अपेक्षा गरिएको छ।