वा अन्य Schengen देशबाट नर्वेमा बसाइँसराइ गर्दै हुनुहुन्छ?
नर्वे आउनुअघि यहाँको मौसम र रोजगारीको अवस्थाबारे पनि जानकारी लिनुहोस्।
यो समयमा नर्वेमा चिसो बढ्दै छ । विशेषगरी रेष्टुरेन्ट तथा होटल क्षेत्रमा गर्मीयामको तुलनामा जाडो महिनामा कामको चाप कम हुने गर्दछ। गर्मीयाममा बढी व्यस्त हुने कतिपय रेष्टुरेन्टहरू जाडोमा तुलनात्मक रूपमा कम व्यस्त हुन्छन्।
त्यसैले यदि तपाईं कामको खोजीमा नर्वे आउँदै हुनुहुन्छ भने, मौसमसँगै रोजगारीको सम्भावनालाई पनि ध्यान दिनु उपयुक्त हुन्छ। सामान्यतया अप्रिल–मेबाट गर्मीयाम सुरु हुँदै जाँदा रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा कामको अवसर बढ्न सक्छ। त्यसैले नर्वेको लागि अति उत्तम समय अप्रिल–मे नै हो ।
तर काम पहिले नै निश्चित भइसकेको छ भने, मौसम वा समयको प्रतीक्षा गर्नुपर्ने हुँदैन—जुनसुकै समयमा नर्वे आउन सक्नुहुन्छ।
नर्वे आउनुअघि बस्ने ठाउँ, कामको सम्भावना र यहाँको मौसमबारे राम्रोसँग तयारी गर्नुहोस्।