लन्डन। मदरल्यान्ड सेकेन्डरी स्कुलका प्रतिभाशाली विद्यार्थीहरू ओमकार बराल, ओम विश्वकर्मा र विवेक सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुन लागेको Global Climate Tech Challenge 2026 मा सहभागी हुन बेलायत पुगेका छन्।
विद्यार्थीहरूसँगै मेन्टर बामन कुमार घिमिरे पनि बेलायत पुगेका छन्। उनीहरूलाई लन्डनमा स्वागत गरिएको छ।
जलवायु परिवर्तनका चुनौतीहरूको समाधान खोज्ने उद्देश्यले आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय मञ्चमा नेपाली विद्यार्थीहरूको सहभागितालाई नेपालको प्रतिभा, नवीन सोच र सिर्जनशीलता विश्वसामु प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यस प्रतियोगितामार्फत विद्यार्थीहरूले आफ्नो वैज्ञानिक दृष्टिकोण, प्रविधिमा आधारित नवीन सोच तथा वातावरण संरक्षणप्रतिको प्रतिबद्धता अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पुगेका विद्यार्थीहरूको सफलताका लागि शुभकामना व्यक्त गरिएको छ।
#GlobalClimateTechChallenge2026 #MotherlandSecondarySchool #NepaliStudents #ClimateAction

