बार्सिलोना, स्पेन। स्पेनको बार्सिलोनामा नेपाल पर्यटन प्रवर्द्धन तथा दशैं–तिहारको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
अन्तर्राष्ट्रिय नेपाली मञ्च, स्पेन (INF Spain) को आयोजनामा हुन लागेको उक्त कार्यक्रम सन् २०२६ अक्टोबर २४ शनिबारका दिन आयोजना हुनेछ। कार्यक्रम बार्सिलोनाको साग्रादा फामिलिया क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४:३० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रमको मुख्य उद्देश्य नेपालमा पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाली समुदायबीच दशैं–तिहारको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्नु रहेको छ।
आयोजकले कार्यक्रममा सहभागी भई नेपाली चाडपर्वको खुसी साटासाट गर्न तथा नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन सबैलाई आह्वान गरेको छ।
कार्यक्रम विवरण
- आयोजक: अन्तर्राष्ट्रिय नेपाली मञ्च, स्पेन (INF Spain)
- मिति: २४ अक्टोबर २०२६, शनिबार
- समय: अपराह्न ४:३० देखि साँझ ७:०० बजेसम्म
- स्थान: Calle Marina con Provença, Sagrada Família, Barcelona, Spain
