काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदको मतगणना आजै गरिने भएको छ।
कांग्रेस निर्वाचन आयोगका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति पदको मतगणना सम्पन्न भएपछि अन्य पदको मतगणना सुरु गरिनेछ।
यसैबीच, महाधिवेशनमा अपराह्न ५:३० बजेसम्म ६ हजार ७०० मत खसेको जनाइएको छ। मतदानको समय साँझ ७ बजेसम्म लम्बिन सक्ने बताइएको छ।
सभापति पदको मतगणना आजै हुने भएपछि कांग्रेसको नयाँ नेतृत्व चयनको नतिजाप्रति चासो बढेको छ।
सिमापारि — सीमाभन्दा परका नेपालीका खबर, आवाज र सरोकार।

