डेनमार्कमा चर्चित र्‍यापर लाउरेको सांगीतिक धमाका हुने

कोपेनहेगन। नेपाली सांगीतिक क्षेत्रका चर्चित र्‍यापर तथा गायक लाउरे (आशिष राना) ले डेनमार्कमा आफ्नो विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्।

आगामी १७ अक्टोबर २०२६ मा डेनमार्कको अल्बर्टसलन्ड (Albertslund) स्थित प्रसिद्ध सांगीतिक हल Forbrændingen मा ‘Laure Live in Denmark’ कार्यक्रम आयोजना हुने भएको हो।

OMG Entertainment को आयोजनामा हुने उक्त सांगीतिक साँझमा लाउरेले आफ्ना लोकप्रिय गीत तथा प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। उनका चर्चित गीत ‘मेरो सोल्टा’ लगायतका प्रस्तुतिले डेनमार्कमा रहेका नेपाली संगीतप्रेमीलाई विशेष उत्साहित बनाउने अपेक्षा गरिएको छ।

डेनमार्क तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका साथै लाउरेका प्रशंसकहरूका लागि कार्यक्रम विशेष आकर्षण बन्ने आयोजकको अपेक्षा छ।

कार्यक्रम विवरण:

  • 🎤 कलाकार: लाउरे (आशिष राना)
  • 📅 मिति: १७ अक्टोबर २०२६
  • 📍 स्थान: Forbrændingen, Albertslund, Denmark
  • 🎵 कार्यक्रम: Laure Live in Denmark
  • 🎪 आयोजक: OMG Entertainment