काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति कोटाबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने ७ पदका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी परेको छ।
जनसम्पर्क समिति कोटामा दुई महिला सहित सात जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। महिला समूहका दुई पदका लागि सीता सापकोटा घिमिरे, रविना थापा, डा. संगीता कार्की कुँवर, चन्दा अधिकारी, नन्दिनी कुमारी न्यौपाने र निर्मला थापा मगरले उम्मेदवारी दिएका छन्।
युरोप क्षेत्रबाट एक पदका लागि अंकित ओली, इन्द्रप्रसाद शर्मा, जितेन्द्रविक्रम शाही, टंक लम्साल, पूर्ण तिमिल्सिना, पूर्णबहादुर हमाल, विजय मोक्तान, विश्व आदर्श पण्डितलगायत उम्मेदवार चुनावी मैदानमा छन्।
यस्तै, एसिया–प्रशान्त क्षेत्रबाट नवराज शिवाकोटी, नारायणप्रसाद सुवेदी, डा. बलराम श्रेष्ठ, विनोदबहादुर थापा, सुरेश कोइरालालगायतले उम्मेदवारी दिएका छन्। ओसियाना–अमेरिका क्षेत्रबाट पनि विभिन्न उम्मेदवार प्रतिस्पर्धामा छन्।
भारत क्षेत्रको एक पदका लागि धर्मराज काफ्ले र बालकृष्ण पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। मध्यपूर्व क्षेत्रबाट पनि उम्मेदवारी परेको छ।
जनसम्पर्क समिति कोटाबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूले विदेशमा रहेका नेपाली कांग्रेसका कार्यकर्ता तथा नेपाली समुदायका राजनीतिक, सामाजिक र आर्थिक सरोकारलाई पार्टीको केन्द्रीय नीति निर्माण तहसम्म पुर्याउने अपेक्षा गरिएको छ। वैदेशिक रोजगारी, प्रवासी नेपालीका अधिकार, नागरिकता, लगानी तथा सामाजिक सुरक्षालगायत विषय उनीहरूका प्रमुख एजेन्डा बन्ने देखिन्छ।