
दोलखा। दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न सडक तथा पूर्वाधार आयोजनाको निर्माण जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडेको हो।
आर्थिक वर्ष २०७९/८० देखि ठेक्का सम्झौता गरेर जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाइएको छ।
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा विकास आयोजना प्रभावित हुँदै आएका छन्। ठेक्का तोडिएसँगै अलपत्र आयोजनाको निर्माण कार्यलाई कसरी अघि बढाइन्छ भन्ने चासो बढेको छ।
सिमापारि — सीमाभन्दा परका नेपालीका खबर, आवाज र सरोकार।

