लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

सीमापारि समाचार। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्।

प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। यसअघि उनी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए।

महोत्तरीको बर्दिबासमा बिहीबारदेखि सुरु भएको महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षमा सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन्।

त्यस्तै, महासचिवमा शिव हमाल पनि निर्विरोध भएका छन्। अन्य पदमा भने मतदान हुँदैछ।

लोकदोहोरी क्षेत्रका कलाकारको हकहित र नेपाली लोकसंस्कृतिको संरक्षणलाई महत्त्वपूर्ण मानिने प्रतिष्ठानको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन आयोजना गरिएको हो।