लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा सुनितामी परियारको उम्मेदवारी

लोकदोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा सुनितामी परियारको उम्मेदवारी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ८औँ महाधिवेशनमा गायिका सुनितामी परियारले केन्द्रीय सदस्य (महिला) पदमा उम्मेदवारी घोषणा गरेकी छन्।

लोकदोहोरी क्षेत्रमा सक्रिय परियारले कलाकारको हकहित संरक्षण, लोकसंस्कृतिको प्रवर्द्धन र नयाँ प्रतिभाको प्रोत्साहनलाई मुख्य एजेन्डा बनाएकी छन्। उनले प्रतिष्ठानलाई समावेशी, व्यवस्थित र कलाकारमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।