पोखरा विमानस्थलमा उडान सहज बनाउन नेभिगेसन प्रणालीको अध्ययन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध कम गर्न आवश्यक नेभिगेसन प्रणाली जडान गर्ने प्रक्रिया अघि बढाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा उडान तथा अवतरणलाई थप सुरक्षित र सहज बनाउन प्राविधिक अध्ययन अघि बढाएको हो।

कम दृश्यता, मौसमको खराबी र अन्य विमानस्थलमा वैकल्पिक अवतरण गर्न कठिनाइ हुँदा उडान अवरुद्ध हुने तथा रद्द गर्नुपर्ने अवस्था आउने गरेको छ।

प्रस्तावित प्रणाली कार्यान्वयनमा आएमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घट्ने र यात्रुलाई थप सहज हुने अपेक्षा गरिएको छ।