प्रकाश सपूत अक्टोबर २५ मा पोर्चुगलको लिस्बनमा प्रस्तुत हुँदै
Screenshot

प्रकाश सपूत अक्टोबर २५ मा पोर्चुगलको लिस्बनमा प्रस्तुत हुँदै

लिस्बन। नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा चर्चित गायक प्रकाश सपूत पोर्चुगलको राजधानी लिस्बनमा सांगीतिक प्रस्तुति दिन आउने भएका छन्।

‘गलबन्दी’, ‘बोल माया’ र ‘सकम्बरी’ जस्ता लोकप्रिय गीतमार्फत नेपाली दर्शक–श्रोतामाझ विशेष पहिचान बनाएका सपूतले आगामी अक्टोबर २५, २०२६ मा लिस्बनमा आफ्नो प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

मेरो साथी इभेन्टको आयोजनामा हुने उक्त कार्यक्रममा पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायले नेपाली गीत–संगीतसँग रमाउने अवसर पाउनेछन्। सपूतका चर्चित गीतहरू प्रत्यक्ष सुन्न र नेपाली सांगीतिक माहोलमा रमाउन पाउने भएकाले कार्यक्रमप्रति नेपाली संगीतप्रेमीहरू उत्साहित हुने अपेक्षा गरिएको छ।

विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र संगीतसँग जोडिने यस्ता कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।