मिलान, इटाली। नेपालीहरूको महान् पर्व बडादशैँ तथा शुभ दीपावली २०८३ को अवसरमा इटालीको मिलानमा विशेष सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल मितेरी मञ्च, मिलानको आयोजनामा आगामी अक्टोबर २५, २०२६ (आइतबार) का दिन कार्यक्रम हुन लागेको हो। कार्यक्रममार्फत नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने उद्देश्य राखिएको छ।
कार्यक्रममा सहभागी हुन चाहने नेपाली दाजुभाइ, दिदीबहिनी तथा बालबालिकालाई आफ्नो गायन, नृत्यलगायतका प्रतिभा प्रस्तुत गर्न आयोजकले आह्वान गरेको छ। नेपाली मौलिक कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा उत्साहजनक सहभागिताका लागि मञ्चले सबैलाई आग्रह गरेको छ।
आयोजकका अनुसार कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्न इच्छुक व्यक्तिहरूले अक्टोबर १८, २०२६ (आइतबार) भित्र नाम दर्ता गराइसक्नुपर्नेछ।
नाम दर्ता तथा सम्पर्क:
- नारायण डीसी: 3339409958
- नेपाल मितेरी मञ्च, मिलानको फेसबुक मेसेन्जर
विदेशमा रहेर पनि नेपाली चाडपर्व, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा मिलान तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
