सिमापारि डेस्क
राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेश जारी गरिएको हो।
जारी अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन्।