पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध कम गर्न आवश्यक नेभिगेसन प्रणाली जडान गर्ने प्रक्रिया अघि बढाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा उडान तथा अवतरणलाई थप सुरक्षित र सहज बनाउन प्राविधिक अध्ययन अघि बढाएको हो।
कम दृश्यता, मौसमको खराबी र अन्य विमानस्थलमा वैकल्पिक अवतरण गर्न कठिनाइ हुँदा उडान अवरुद्ध हुने तथा रद्द गर्नुपर्ने अवस्था आउने गरेको छ।
प्रस्तावित प्रणाली कार्यान्वयनमा आएमा प्रतिकूल मौसमका कारण हुने उडान अवरोध घट्ने र यात्रुलाई थप सहज हुने अपेक्षा गरिएको छ।
