अग्लो पहाडको टुप्पोमा ढुङ्गाका पर्खालले अँगालो हालेको ऐतिहासिक बस्ती, सेता घरहरू, साँघुरा ढुङ्गे गल्ली र शताब्दीयौँका कथा बोकेको किल्ला। यही हो अलेन्तेजोका सुन्दर गाउँहरूमध्येको मार्भाऊ।
यहाँबाट आँखाभरि फैलिएका पहाड र फाँट नियाल्दा मनै आनन्दित हुन्छ। कुहिरोले तलका उपत्यका ढाकेका बेला यो बस्ती बादलमाथि तैरिएजस्तै देखिन्छ। त्यसैले पनि मार्भाऊलाई ‘बादलमाथिको गाउँ’ भनेर वर्णन गरिन्छ।
यही सुन्दर गाउँमा आगामी १४ र १५ नोभेम्बर २०२६ मा ४२औँ कास्तान्या अर्थात् चेस्टनट महोत्सव हुँदैछ। मेलाका लागि नगरपालिकाले स्थानीय २४ जना कृषकबाट ५ हजार किलो कास्तान्या खरिद गर्ने निर्णय गरेको छ। तात्तातो पोलेको कास्तान्याको बास्ना, स्थानीय परिकार, हस्तकला र उत्सवको रौनकले मार्भाऊका गल्लीहरू थप जीवन्त बन्नेछन्।
घुमघाम पोर्तुगलले १५ नोभेम्बर, आइतबार लिस्बनबाट तपाईंहरूलाई यही ऐतिहासिक मेला र सुन्दर मार्भाऊ घुमाउन लैजाँदैछ।
परिवार र साथीभाइसँग मिलेर नयाँ ठाउँ चिन्ने, सम्झनाका तस्बिर खिच्ने अनि पोर्तुगाली मौलिक स्वाद र संस्कृतिसँग रमाउने यो अवसरमा तपाईं पनि सहभागी हुनुहोस्।
प्रतिव्यक्ति शुल्क ५५ युरो रहेको छ। यसमा जाने–आउने यातायात, बिमा र भ्याट समावेश छन्। बालबालिका तथा नेपालबाट घुम्न आउनुभएका बुबाआमाका लागि विशेष छुटको व्यवस्था छ।
थप जानकारी तथा बुकिङका लागि घुमघाम पोर्तुगलको वाट्सएप नम्बर 920074622 मा सम्पर्क गर्नुहोस्।
आउनुहोस्, यसपटक मार्भाऊको सुन्दरतामा हराऔँ र कास्तान्या मेलाका मीठा सम्झना सँगालौँ!
