ललितपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह आगामी कार्तिक १२ गते आयोजना हुने भएको छ।
निर्धारित कार्यक्रमअनुसार शपथ ग्रहण समारोह कार्तिक १२ गते दिउँसो २ बजे ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगरमा हुनेछ।
समारोहमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गर्दै सम्बन्धित पक्षले सूचना तथा औपचारिक निमन्त्रणा जारी गरेको छ।
शपथ ग्रहणसँगै नवनिर्वाचित केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ।
जय नेपाल!
