प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ।

प्रधानमन्त्री शाहले उद्घाटन गरेसँगै आजदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो सिजन सुरु भएको हो।

यसअघि प्रधानमन्त्री शाहले आज बिहानै एनपीएलको तेस्रो संस्करण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।