PNSBN Oslo – Community Hiking Event’ आयोजना

ओस्लो । प्रवासी नेपाली सम्पर्क विभाग नर्वे (PNSBN) ले नेपाली समुदायबीच आपसी चिनजान, मित्रता र सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले ‘PNSBN Oslo – Community Hiking Event’ आयोजना गर्ने भएको छ।

आयोजकका अनुसार कार्यक्रम आइतबार, ४ अक्टोबर २०२६ मा हुनेछ। सहभागीहरू बिहान १०:४५ बजे Vestli T मा भेला हुनेछन् भने पैदल यात्रा बिहान ११:०० बजेदेखि दिउँसो १:३० बजेसम्म सञ्चालन हुनेछ।

हाइकिङको मार्ग Vestli T → Liastua → Liabråten Sherpa Steps → Stovnertårnet → Stovner Tतय गरिएको छ। प्रकृतिको सुन्दर वातावरणमा सामूहिक रूपमा हिँड्दै आपसी परिचय, मित्रता र सामाजिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको PNSBN ले जनाएको छ।

कार्यक्रममा परिवार, साथीभाइ तथा नर्वेमा रहेका नयाँ–पुराना नेपाली समुदायका सदस्यहरूलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। सहभागी हुन QR Code वा PNSBN को registration link मार्फत अनिवार्य रूपमा दर्तागर्नुपर्नेछ।

सहभागीहरूलाई पानी, हल्का snacks तथा मौसमअनुसार उपयुक्त कपडा र हाइकिङका लागि सहज जुत्ता लिएर आउन पनि आयोजकले अनुरोध गरेको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि 46344530, 47734203 र 91267612 मा सम्पर्क गर्न सकिने जनाइएको छ।

PNSBN Norway ले ‘Fresh air • Friendship • Nature’ भन्ने नारासहित आयोजना गर्न लागेको यस कार्यक्रमले नेपाली समुदायका सदस्यहरूबीच भेटघाट र सहकार्यको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *