माल्टा। नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसरमा माल्टामा विभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएका छन्। माल्टामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै अक्टोबर महिनामा तीन विशेष कार्यक्रम हुन लागेका हुन्।
कार्यक्रमअन्तर्गत अक्टोबर १७ मा What’s Next को आयोजनामा चर्चित नेपाली गायक सुगम पोखरेलको विशेष सांगीतिक प्रस्तुति रहनेछ।
त्यस्तै, अक्टोबर २१ मा नेपाली समाज माल्टाको आयोजनामा बडादसैँ विशेष सांस्कृतिक कार्यक्रम तथा टीका ग्रहण कार्यक्रम आयोजना हुनेछ। नेपाली मौलिक संस्कृति, परम्परा र आपसी सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो।
यसैगरी, अक्टोबर ३१ मा Everest Entertainment को आयोजनामा लाउरे एन्ड द ब्याड कम्पनीको सांगीतिक प्रस्तुति रहनेछ। उक्त कार्यक्रममा नेपाली संगीतप्रेमीहरूले मनोरञ्जन लिन पाउने अपेक्षा गरिएको छ।
माल्टामा रहेका नेपालीहरूलाई चाडपर्वको अवसरमा आयोजना हुने यी कार्यक्रममा सहभागी भई दसैँ–तिहारको खुसी साटासाट गर्न तथा नेपाली कला, संस्कृति र संगीतसँग जोडिन आयोजकहरूले आग्रह गरेका छन्।
विदेशमा रहेर पनि नेपाली चाडपर्वको मौलिकता जोगाउँदै सामूहिक रूपमा खुसी साटासाट गर्ने यस्ता कार्यक्रमले नेपाली समुदायबीचको एकता र आत्मीयता थप मजबुत बनाउने विश्वास गरिएको छ।

