NEPOS Norway ले बाढी–पहिरोपीडितलाई करिब ५ लाख सहयोग

नर्वे । नेपालिज पोर्चुगिज सोसाइटी (NEPOS) Norway ले नेपालका बाढी तथा पहिरोपीडितको राहतका लागि ३१ हजार ५०० नर्वेजियन क्रोनर (करिब ५ लाख नेपाली रुपैयाँ) सहयोग गरेको छ।

१३ सेप्टेम्बर २०२६ मा सम्पन्न हरितालिका तीज कार्यक्रमलाई मितव्ययी रूपमा सम्पन्न गरी बचत भएको रकमबाट उक्त सहयोग प्रधानमन्त्री राहत कोषमार्फत गरिएको NEPOS Norway ले जनाएको छ।