डेनमार्कमा चारदिने छठ पूजा आयोजना हुँदै

डेनमार्क । बिहार तथा झारखण्ड एसोसिएसन इन डेनमार्क (BAJADE) को आयोजनामा छठ पूजा २०२६ नोभेम्बर १३ देखि १६ तारिखसम्म डेनमार्कमा आयोजना हुने भएको छ।

Bhartiya Mandir, Vieholmen 5, 2740 Skovlunde मा हुने चारदिने कार्यक्रममा नहाय–खाय, खरना, सन्ध्या अर्घ्य र उषा अर्घ्यलगायतका धार्मिक कार्यक्रम आयोजना गरिनेछ।

नोभेम्बर १५ मा साँझ सन्ध्या अर्घ्य तथा नोभेम्बर १६ बिहान उषा अर्घ्य दिइने आयोजकले जनाएको छ। उषा अर्घ्यपछि ठेकुवा तथा फलफूल प्रसाद वितरण गरिनेछ।

कार्यक्रममा सहभागी हुन प्रति वयस्क २५० DKK र परिवारका लागि ५५० DKK सामुदायिक योगदान तोकिएको छ। आयोजकले प्रसाद सामग्री तथा स्वयंसेवकका रूपमा सहयोग गर्न समेत समुदायलाई आग्रह गरेको छ।

BAJADE ले डेनमार्कमा रहेका बिहार तथा झारखण्ड समुदायका परिवारलाई कार्यक्रममा सहभागी भई परम्परा, संस्कृति र सामुदायिक एकतालाई निरन्तरता दिन आह्वान गरेको छ।

जय छठी मैया! जय सूर्य देव!

#ChhathPuja2026 #BAJADE #Denmark #ChhathPuja #Simapari