अस्ट्रेलियामा नेपाली समुदायको योगदानको प्रशंसा

क्यानबेराका विपक्षी दलका नेता मार्क पार्टनरले अस्ट्रेलियाको सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा नेपाली समुदायले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

दसैँको अवसरमा नेपाली समुदायलाई शुभकामना दिँदै उनले नेपालीहरूले आफ्नो संस्कृति र परम्पराको संरक्षण गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई समृद्ध बनाएको बताए।

कार्यक्रममा सहभागी नेपाली समुदायका अध्यक्ष सन्तोष मल्लले नेता पार्टनरलाई नेपाली झल्किने मायाको चिनो प्रदान गरेका थिए।