नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीमा निर्वाचित नेताहरू

नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीमा निर्वाचित नेताहरू

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विभिन्न पदमा नेताहरू निर्वाचित भएका छन्।

केन्द्रीय उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित भएका छन्। त्यसैगरी, समावेशी महामन्त्रीमा विनोदकुमार चौधरी, खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डा. डिला सङ्ग्रौला पन्त निर्वाचित भएका छन्।

नयाँ नेतृत्वसँगै नेपाली कांग्रेसलाई जनताको विश्वास जित्ने पार्टीका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्दै एकता, सुशासन र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ।

जनताको भावना बुझ्ने, आम नागरिकका समस्यालाई सम्बोधन गर्ने र युवाको आशालाई समेट्ने कांग्रेस निर्माण गर्नु नयाँ नेतृत्वको मुख्य जिम्मेवारी हुनेछ।

नेपाली कांग्रेस हाम्रो कांग्रेस, कांग्रेस २.०।

— सीमापारि | समाचार